२९ पुष २०७६, मंगलवार
  • सुमन कार्की,

पाल्पा, २९ पुष । पाल्पाको रैनादेवि छहरा गाउँपालिका–१ सिद्धेश्वरको चुनढुङ्गगा खानीमा शंकास्पद वस्तु फेला परेको छ ।

सिद्धेश्वर मिनरल्स प्रालिले चुनढुङ्गगा उत्खननका लागि प्रयोगमा ल्याएको जेसीबी डोजरमा खतरा लेखिएको शंकास्पद बस्तु भेटिएको हो ।

खानी नजिकै जिल्ला जन परिषद पाल्पा लेखिएको पर्चासमेत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो ।

उक्त पर्चामा सिद्धेश्वर खानीलाई कारबाही किन ? प्राकृतिक स्रोत साधनको दोहन किन ? दर्ता नगरी सञ्चालन, जनताको भावना विपरित सञ्चालन किन ? लगाएतका प्रश्नहरु उल्लेख गरिएको छ ।

सो शंकास्पद बस्तु डिस्पोजका लागि पाल्पास्थित नेपाली सेनाको गोरखदल गणको ‘बम डिस्पोजल टोली’ घटनास्थल पुगेको बताइएको छ ।

सह–सेनानी महेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले उक्त शंकास्पद बस्तु डिस्पोजको तयारी गरिरहरेको जनाइएको छ ।

LIVE TV