२९ पुष २०७६, मंगलवार

काठमाडौँ, २८ पुष । संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएकाे छ ।

मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन असम्भव रहेको भन्दै भत्काएर ‘स्टेट हाउस’ अर्थात विदेशी पाहुना गृह बनाउन निर्देशन दिएको हो ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद रहेको थियो । सिंहदरबारभित्र रहेको राणाकालिन भवन जिर्ण हुँदै गएपछि प्लाष्टिकले बारेर प्रयोगबिहिन अवस्थामा रहेको थियो ।

समितिकी सभापति कल्याली खड्काले पुरानो कला संस्कृति कायमै रहने गरी नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा ,सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले प्राविधिकले पुरानो भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु ठीक नहुने सुझाव दिएको समितिमा जानकारी गराए ।

LIVE TV