२९ पुष २०७६, मंगलवार
  • सुमन कार्की

पाल्पा, २९ पौष । पछिल्लो समय पाल्पाली सर्जक, गायक तथा हाँस्यकलाकार भनेर आफ्नो पहिचान देश-विदेशसम्म चिनाउन सफल बनेका कमल भट्टराई । अहिले कार्यक्रमहरुमा भ्याइ-नभ्याइ भएको छ । उनलाई देशमा मात्र नभै विदेशबाट समेत कार्यक्रमहरुको निम्तो आउन थालेको छ ।

पल्पाको बगनासकाली गाउँपालिका वडा नं. ३ नायरनम्तलेस पाखन्दीमा जन्मेका कमल भट्टराईले नेपाली लोक गीत/संगीत तथा हास्यव्यंग्य क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल बनेका हुन् ।

पछिल्लो समयम कमल भट्टराईको यर्थाथपादमा आधारित, सिद्धार्थ राजमार्ग सडक खण्डलाई आधार मानी- नेता ज्यु विकास मन्द मन्द, कहिले बन्छ बाटो यो सिद्धबाबा खण्ड… बोलको गीतले धेरै सर्वसाधारणको मन मात्र नछोई नेतादेखि मन्त्रीसम्मको मन छुन सफल बनेको थियो ।

उनको यो गीतको देशमा मात्र नभएर विदेशमा समेत चर्चा बटुल्न सफल बनेको थियो । यही कारण उनको माग फेरि ओमनबाट भएको छ । उनी यसभन्दा अगाडि नेपाल मगर संघ ओमनको सांस्कृतिक कार्यक्रममा विदेश यात्रामा गएका थिए । उनले दर्जनौँ गीतमा शब्द संकलन गरेका छन् भने एक दर्जनबढी गीतमा स्वर दिइसकेका छन् ।

पछिल्लो समय नेपालमा मात्र स्टेज कार्यक्रमको क्रेज नभै विदेशमा समेत बढ्दै गएको छ । जसका कारण कलाकारहरुको देशमा मात्र नभै विदेशमा पनि बढी हुन थालेको हो । मेला महोत्सवमा व्यस्त कलाकार भट्टराई दर्शकलाई नचाउन र हसाउन खप्पिस छन् । यसकारण पनि उनको माग देश-विदेशमा समेत हुन लागेको छ ।

उनै कलाकार कमल भट्टराई दोस्रोपटक ओमन जाने भएका छन् । उनी नेपाल मगर संघ सलला क्षेत्रीय समिति ओमनको आयोजनामा हुन गहिरहेको सास्कृतिक कार्यक्रममा भाग लिन जान लागेका हुन् ।

उनी २०६७ बाट पाल्पामा निकालिने गाइजात्रामा प्रत्येक वर्ष प्रहसनमा भाग लिँदै आएका छन् ।

LIVE TV