२८ पुष २०७६, सोमबार

काठमाडौं, २८ पुष । नेपालका विभिन्न कारागारमा १२ सयभन्दा बढी विदेशीहरु रहेका छन् । तीमध्ये लागु औषध कारोवारमा संलग्नहरु धेरै रहेका छन् । यी बाहेक चोरी, हातहतियार खरखजाना, बाल यौन दूराचार जस्ता अपराधमा पनि विदेशीहरु संलग्न रहेको तथ्यांक छ ।

कारागार व्यवस्था विभागको तथ्याङ्क अनुसार नेपालमा कुल कैदीबन्दीको संख्या २४ हजार ४ सय २१ रहेका छन् । त्यसमध्ये १ हजार २ सय ५५ जना विदेशी कैदीबन्दी रहेका छन् । काठमाडौं उपत्यकाका तीन वटा सहित देशभर ३्र१ कारागारमा उनीहरुलाई राखिएको छ ।

अदालतले दोषी ठहर गरेका कैदी र मुद्दाको फैसला हुन बाँकी भएका तर न्यायीक हिरासतमा राखिएका विदेशी बन्दीहरू साइबर अपराध, लागुऔषधि तस्करी, यौन दुराचार र हत्या लगायत विभिन्न अभियोगमा पक्राउ पर्ने गरेका छन् । सबैभन्दा बढी भारतीय त्यसपछि चिनियाँ नागरिकहरु रहेका छन् । दक्षिण अफ्रिका, रोमानिया, नाइजेरिया, तान्जानिया सहितका विभिन्न मुलुकका नागरिक पनि छन् ।

२०७५-७६ मा विभिन्न अपराधमा संलग्न विदेशीको तथ्याङ्क

पछिल्ला बालयौन दुराचार, नक्कली राहदानी र अप्राकृतिक मैथुनजस्ता अपराधमा युरोपियन तथा अफ्रिकनहरु धेरै छन् । विदेशीहरुको विभिन्न अपराधमा संलग्नता बढ्नुमा कमजोर निगरानी प्रमुख कारण रहेको जानकारहरु बताउँछन् ।

नेपालमा भारतीय तथा अन्य विदेशी नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र फितलो अध्यागमननीति रहेको विज्ञहरू बताउँछन् । भिसामा कडाइ नहुनु, भिजिट भिसाको सहजता पनि विदेशी अपराध बढ्नुका कारण मानिएको छ ।

LIVE TV