२८ पुष २०७६, सोमबार

काठमाडौं, २८ पुष । चल्तीको व्यापारिक प्रतिष्ठानकोरुपमा उभिएको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर सर्बोच्च अदालतले गरेको छ ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गर्दै राजस्व न्यायाधीकरणले यस अघि गरेको फैसलालाई सदर गरेको छ ।

भाटभटेनी डिपार्टमेन्टल स्टोर्सले २०६४ देखि २०६७ सालसम्मको समयमा कुल साढे २२ करोड रुपैयाँ बढी कर छली गरेको भन्दै कर प्रशासनले संशोधित कर निर्धारण गरेको थियो ।

सर्वोच्च अदालतको यो फैसलापछि कर छलेका व्यापारिक प्रतिष्ठान तथा व्यवसायीहरुले कर प्रशासनले निर्धारण गरेको कर तिर्नुपर्ने भएको छ ।

यस्तै सर्वोच्च अदालतले शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँसमेतले नक्कली बिल प्रयोग गरेर राजस्व छलेको ठहर गरेको छ ।

LIVE TV