२८ पुष २०७६, सोमबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २८ पुस । आर्या बचत तथा ऋण सहकारीले उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार दिने निणय गरेको छ । संस्थाको ११ औं साधारणसभाले सहकारी क्षेत्रको विकास, उत्थान र प्रोत्साहनमा सहयोग पु¥याउने पत्रकारकालागि सहकारी प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

तौलिहवामा सोमवार समपन्न सभाले १२ औं साधारण सभामा ११ हजार राशी, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै सहकारीले तौलिहवा बजारमा सुपथ मुल्यको सपिङ कम्पलेक्स भवन बनाउने र गरिव विपन्न विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै शारिरीक सुगठन प्रतियोगिताको ५५ केजी तौल समुहमा राष्ट्रिय पुरस्कार विजयी कपिलवस्तु नगरपालिका वार्ड नं.१ का सुरेन्द्र बर्मालाई कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले सम्मान गरेका थिए ।

सहकारीका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको सभामा कपिलवस्तु नगरपालिका वार्ड नंं १, २ र ३ का अध्यक्ष क्रमशः सुदिप पौडेल, रामभजन कलवार र प्रकाश गैरे लगायतका बोलेका थिए । जिल्लामा सहकारीका क्षेत्रमा कलम चलाउनेकालाई प्रोत्साहन गर्न स्थापित यो पहिलो पुरस्कार हो ।

LIVE TV