२८ पुष २०७६, सोमबार

एजेन्सी, २८ पुस । सुपर कपको उपाधि स्पेनिस महारथी रियाल म्याड्रिडले जितेको छ । आइतबार राति साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएकाे फाइनल खेलामा रियालले प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै उपाधि हात पारेकाे हाे ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा रियल १० खेलाडीमा समेटिए थियो । निर्धारित समय र थप गरिएको समयमा कुनै पनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा रियालका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे । एट्लेटिकोका किरियन ट्रिपिएरले मात्रै गोल गर्न सफल भए ।

अतिरिक्त समयको २५औं मिनेटमा रियाल १० खेलाडीमा समेटियो । अल्भेरो मोराटालाई फउल गरेपछि रेफ्रीले रियालका फेडरिको भालभेर्डे दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि खेल केहीवेर तनावुपर्ण बनेको थियो ।

एथ्लेटिको मड्रिड बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने रियल मड्रिड भ्यालेन्सियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

LIVE TV