२७ पुष २०७६, आईतवार
  • युवराज श्रेष्ठ

रामेछाप, २७ पुष । जुनारको दाना नष्ट गर्दै आएको अंश किरा सुन्तलामा पनि देखिएपछि रामेछापका सुन्तला कृषकहरु चिन्तित भएका छन् । किराले खाएर सुन्तलाको दाना भुइँमा झर्न थालेपछि वर्षौदेखि व्यवसायिक सुन्तला खेती गर्दै आएका कृषकहरु चिन्तित बनेका हुन् ।

अंश किराको प्रकोपले सुन्तलाको दाना भुईमा झरेर बगैँचा नै नष्ट हुन थालेपछि रामेछापका सुन्तला कृषहरु चिन्तित भएका छन् । परम्परागत खेती कोदो र मकै लगाउन छोडेर विगत १५ वर्षदेखि व्यवसायिक सुन्ताला खेती गर्दै आएका रामेछापस्थित दोरम्बा गाउँपालिका वडा नम्बर ४ र ७ का कृषकहरु प्रकोप फैलिएपछि चिन्तित भएका हुन् ।

बोटमै सुन्तला झेरेर बगैँचा नै सखाप हुने अवस्था भएपछि रोग रोकथाम गर्न कृषकहरुले गाउँपालिकासँग औषधी उपचारको लागि सहयोग माग गरेका छन् । तर गाउँपालिकाले बेवास्ता गर्दै कृषि प्राविधिकहरु नपठाएको उनिहरुको गुनासो छ ।

तर गाउँपालिकाले भने सुन्तला बगैँचामै गएर उपचारको लागि क्याम्प सञ्चालन गर्ने तयारीमा रहेको र सुन्तला टिपीसकेपछि क्याम्प चलाउने बताएको छ ।

दोरम्बा गाउँपालिकाको वडा नम्बर ४ को टेक्सीङ, दर्गा, पार्सा र वडा नंं ७ पूँडीका कृषकले ब्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । सरोकारवाला निकायबाट बेलैमा अंश किराको रोकथामको लागि पहल गर्नु जरुरी देख्न्छि ।

LIVE TV