२७ पुष २०७६, आईतवार

कैलाली, २७ पुष । प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।

डोटीको साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

गौरीगंगा–७ की रत्ना बोहोरा (धामी) समेतका २०/२१ जनालाई भेला गरी आफू युएनडीपीको कर्मचारी रहेको र कम्प्युटर, ब्युटिपार्लर, सिलाइकटाइको काम गर्ने तालिम दिने भन्दै अनलाइन फाराम भर्न लगाइ विभिन्न बहाना गरी धनगढीस्थित खाद्य संस्थानमा नासुको जागिर लगाइ दिने भनी रु एक लाख, असी हजार १७० ठगी गर्ने कोलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

LIVE TV