२७ पुष २०७६, आईतवार
  • सुरेश श्रेष्ठ,

दाङ, २७ पुष । विप्लव समूहले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाएको छ ।

सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताहरुले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक डिभिजन प्रमुख चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको पुष्टि गरेका हुन् । प्रजिअ रिजालका अनुसार केही समयअघि चौधरीलाई कालोमोसो दलिएको हो ।

उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । घटनास्थलबाट प्रहरीले विप्लव समूहको ब्यान र साङ्लो बरामद गरेको छ ।

LIVE TV