२७ पुष २०७६, आईतवार

काठमाडौं, २७ पुष । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पार्टीको औपचारिक पत्रबिना राजीनामा नदिने अडान राखेपछि नेकपा अध्यक्षद्वय ओली-प्रचण्ड छलफलमा बसेका छन् । उनको अडानपछि सभामुख चयनका लागि थप के गर्न सकिन्छ भनेर दुई अध्यक्ष बालुवाटारमा केहीबेर अघिबाट छलफलमा बसेको बताइएको छ ।

शुक्रबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुम्वाहाङ्फेलाई बोलाएर राजीनामा दिन लगाएकोमा शनिबार फेरि बसेको सचिवालय बैठकले उनलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो।

यद्यपि तुम्बाहाङ्फेले आफुलाई नेकपाको राजीनामा दिन निर्देशन दिने निर्णयबारे औपचारिकरुपमा शनिबार रातिसम्म कुनै लिखित जानकारी नपाएकाे बताएकी छिन्। तर त्यो पाएकै अवस्थामा पनि पार्टीले सभामुखको उम्मेदवार नतोकेसम्म आफूले पदबाट राजीनामा दिन नमिल्ने र नदिने अडान तुम्बाहाङ्फेले राख्दै आएकी छिन् ।

उनले संसदमा रिक्तता हुने गरी पदीय मर्यादा र दायित्व बिर्सेर आफु भाग्न नसक्ने भन्दै त्यो नगर्दा पार्टीले पदबाट निस्कासित गरे त्यसका लागि तयार रहेको समेत चुनौती दिएकी छिन् ।

LIVE TV