२७ पुष २०७६, आईतवार

काठमाडाैं, २७ पुस । सभामुख चयनका विषयमा नेकपाले निर्णय लिन नसक्दा आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्ने/नबस्ने अन्योल बनेको छ ।

नेकपा सचिवालय बैठकले उपसभामुख शिवामाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेपनि तुम्बाहाङलेले राजीनामा नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बारे अन्योल थप बढेको हो ।

उपसभामुखको अडान र सभामुखको उम्मेद्वार तय गर्न अध्यक्षद्वको सकसका कारण २३ दिनदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो ।

त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको थियो । तर, उपसभामुख तुम्बाहाङफेले भने आजको बैठक कुनै पनि हालतमा सञ्चलन गर्ने बताउँदै आउनुभएको छ ।

प्रधानमन्त्री ओली सुवास नेम्बाङ र अध्यक्ष दाहाल पूर्व माओवादीबाट उम्मेद्वार बनाउने अडानमा रहँदा प्रतिनिधिसभा अनिर्णयको बन्दी बनेको छ ।

LIVE TV