२७ पुष २०७६, आईतवार

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।

रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मेदवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

LIVE TV