२६ पुष २०७६, शनिबार
  • आशिस केसी

सल्यान, २६ पुष । सल्यानमा दुई जनाको भिरबाट खसेर ज्यान गएको छ । शनिबार बिहान दार्मा गाउँपालिका वडा न.४ का दुई जनाको भिरबाट खसेर ज्यान गएको हो।

भिरबाट लडेर ज्यान गएकाहरु अन्दाजी ५५ वर्षीय दलबहादुर बोहरा र २४ वर्षीय गणेश रावत रहेका छन् । बोहरा बाटो भन्दा करिब १५ मिटर तल खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पोष्टमार्टम पश्चाप बोहराको शव आफन्तले बुझेका छन् ।

रावत विहीबारदेखि हराएका थिए । उनको परिवारले खोजी गर्दा शनीबार बिहान ११ बजे तीर भैँसी टाकुरी भिरमा शव भेटेको बताइएको छ। रावतको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

LIVE TV