२६ पुष २०७६, शनिबार
  • नविन केसी

अर्घाखाँची,२६ पुष। सरकारी अस्पतालका फार्मेसीमा निशुल्क औषधि वितरण गर्ने योजना छ । तर, काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाहरुमा औषधि अभाव अहिले पनि उस्तै छ । अर्घाखाँचीमा पनि यो समस्या छ । जिल्ला अस्पतालमै औषधि नपाएर महँगो शुल्कमा खरिद गर्नुपरेको विरामी र तिनका आफन्तको गुनासो छ ।

अर्घाखाँचीको सन्धीखर्क अस्पतालमा निशुल्क औषधि पाइदैन । सरकारले अस्पतालका फार्मेसीहरुमा केही निशुल्क औषधि वितरणको योजना बनाएको धेरै भइसक्यो । तर, विरामीले निजी पसलबाट औषधि खरिद गर्नुपर्ने पीडा यथावत् छ । सिटामोलदेखि स्लाइनसम्म पनि अस्पतालका फार्मेसीमा पाइदैनन् ।

यता, जिल्लामा स्वास्थ्य विमा लागु भएको छ । विमा लागु भएसँगै दैनिक ८० देखि ९० जनासम्म विरामी उपचारका लागि अस्पताल पुग्छन् । विमा कार्यक्रम अन्तर्गत अस्पतालमा पुगेरर सेवा लिनेहरुले ल्याब, भिडियो एक्सरे, एक्सरे, निम्बुलाईजर सेबा पाउने गरेका छन् । तर, औषधि पाउँदैनन् । अस्पताल भने खरिद प्रक्रिया झन्झटिलो भएकाले समस्या आएको भन्दै पन्छिने गरेको छ ।

अर्घाखाँची अस्पतालले विमा वापतको ३० लाख २६ हजार २ सय ८२ रुपैयाँ पाएको छ । बल्कोट प्राथामिक स्वास्थ्य केन्द्रले ३४ लाख ५३ हजार २ सय ११ रुपैया, प्राथामिक स्वास्थ्य केन्द्र ठाडाले ९ लाख ३५ हजार २ सय ६५ रुपैया र आखाँ अस्पताल सन्धिखर्कले १६ लाख २८ हजार ८ सय १८ रुपैया भुक्तानी पाएको छ । यति रकम वितरण भएपनि औषधि अभावको समस्यामा सुधार आउन सकेको छैन ।

LIVE TV