उदयपुरको बेलका नगरपालिकाले विपन्न समूदायलाई समेटेर सुरु ग-यो तरकारी खेती (भिडियो)



प्रकाशित मिति : Jan 11, 2020

१. उदयपुरको बेलका नगरपालिकाले विपन्न समुदायलाई समेटेर सुरु ग-यो तरकारी खेती

उदयपुर, २६ पुष । स्थानीय तहको काम नै स्थानीय तहको विकास हो । धेरै स्थानीय तहले अहिले आफूलाई स्थानीय तहको विकास र स्थानीयवासीको उन्नतिमा समर्पित गरिसकेका छन् ।

धेरै गाउँठाउँमा केन्द्रीय अर्थात संघीय सरकारको ध्यान नपुग्नु स्वभाविक पनि हो । त्यसमाथि २ दशक बढी समय स्थानीय तह नहुँदा नेपालका गाउँठाउँहरु विकासको काममा धेरै पछाडि धकेलिए ।

तर, अहिले स्थानीय तहको गठन पछि गाउँघरमा उत्साह पनि अर्कै छ । केही स्थानीय तह अझै पनि विभिन्न नाममा अल्मलिएपनि कतिपय स्थानीय तह भ्रष्टाचारमा मुछिदै गएपनि धेरैले भने आफूहरुलाई गाउँठाउँको उन्नती एवं विकासमा जुटाइकेका छन् ।

उदयपुरको बेलका नगरापालिकाले पनि यस्तै एउटा गतिलो उदाहरण पेश गर्दै आफ्नो नगरभित्रका विपन्न समुदायलाई पनि उठाउने गरी विभिन्न आयआर्जन मुलक कार्यक्रम अघि बढाएको छ ।

जग्गा जमिन बाँझै राखेर भारत र चीनबाट तरकारी मगाएर खाँदा जति तिर्नु परेपनि आनन्द मान्ने नेपाली शैलीलाई जिस्काउदै बेलका नगरपालिकाले ज्याला मजदूरी गरेर दिन विताउने विपन्न समुदायलाई समेटेर तरकारी खेती सुरु गरेको छ ।

यस अभियानपछि तरकारीमा बेलका आत्मनिर्भर बन्ने सम्भावना देखिएको छ भने गरीब निमुखाहरुले पनि हातमुख जोड्ने अवसर पाएका छन् ।

२. दिवा खाजा कार्यक्रम सुरु गरिएपछि ओखलढुंगाको सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएपछि ओखलढुंगामा यसकाे प्रभाव देखिन थालेको छ । दिवा खाजा कार्यक्रम लागू गरिएको विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण बढेको छ भने विद्यार्थीहरु नियमितरुपमा विद्यालयमा उपस्थित हुन थालेका छन् ।

अभिभावकहरुको दैनिक आर्थिक भार पनि घटाएको यो दिवा खाजा अभियानले विद्यालयको शैक्षिक गुणस्तरमा पनि वृद्धि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com