२६ पुष २०७६, शनिबार
  • सुमन कार्की

पाल्पा,२६ पौष । पाल्पामा नि शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । पाल्पाको, तानसेनमा टुकी मिडिया प्रालि र पाल्पा खोज खबर साप्ताहिको आयोजनामा १ हप्ते आधारभूत पत्रकारिता तालिम सुरु भएको हो । शनिबारबाट सुरु भएको तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्माले गर्नुभएको छ ।

प्रमुख अतिथि समेत रहनु भएका विश्वकर्माले पत्रकारिताको महत्व, समस्या र चुनौतीका बारेमा आफ्ना विचार आख्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै विश्वकर्माले सहभागीलाई तालिममा सिकेका कुरालाई व्यवहारमा समेत लागू गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पाल्पा खोज खबर साप्ताहिक पत्रिकाका सम्पादक गुनुमाया मस्राङ्गी, पत्रिकाका सल्लाकार सेर बहादुर थापा, पी फाईप नेपालका अध्यक्ष ज्योति पाण्डे लगायतले बोल्नुभएको थियो ।

प्रालिका अध्यक्ष डोलबहादुर वि.कले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभयो । तालिममा पत्रकारिता परिचय, समाचार, फिचर, लेखन, उद्घोषण लगायतका विषयमा सिकाईने बताईएको छ ।

तालिमको सहजिकरण राष्ट्रिता समाचार समिति पाल्पाका सम्वाददाता कृष्ण दर्नालले गर्नुभएको छ । तालिममा २४ जना पशिक्षार्थीहरुको सहभगिता रहेको छ ।

LIVE TV