२६ पुष २०७६, शनिबार
  • तारा आचार्य,

विराटनगर, २६ पुष । विराटनगरस्थित प्रणाम खोलाको मिरगञ्ज पुल मर्मत सम्भारका लागि पुनः बन्द गरिएको छ । जोगबनी फारबिसगञ्ज सडकखण्डमा पर्ने सो पुल आगामी माघ ६ गतेसम्मका लागि बन्द गरिएको हो ।

पुलको मर्मत सम्भार नसकिन्जेलसम्मका लागि भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले मालबाहक सवारी साधन आवत/जावतमा रोक लगाएको छ ।

मालबाहक सवारी साधन आवत/जावतका लागि भन्सार विभागले सुनसरीको भाण्टाबारी नाका भएर रि–रुट गर्ने अनुमति दिएको छ ।

मिरगञ्ज पुलवारि करीब १२ सय मालबाहक ट्रक, कन्टेनर र ट्यांकरहरुको ताँती रहेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीका अनुसार ती सबै गाडीहरुको क्लियरिङ गर्न एक साता लाग्नेछ ।

LIVE TV