२६ पुष २०७६, शनिबार

काठमाडौं, २६ पुष । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन भोलि प्रदेशस भामा मतदान हुने भएको छ ।

भोलि बिहान नौ बजेटबाट प्रदेश राजधानी र नाम टुंगाउन मतदान हुनेभएको हो । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा प्रस्तावित नाम र राजधानीबारेको छलफल सकिएसँगै भोलि मतदान हुनेभएको हो ।

आज प्रदेशसभा सचिवालयमा प्रदेशसभामा प्रदेशको नाम ‘वाग्मती’ र ‘राजधानी’ हेटौंडा राख्नुपर्ने कांग्रेस र नेकपाले संयुक्त प्रस्ताव दर्ता गराएका थिएा । यस्तै, विवेकशील पार्टीले पनि प्रदेशको राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव गरेको छ । प्रदेशको राजधानी हेटौंडा राख्ने प्रस्ताव नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभएको थियो ।

प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङले समर्थन जनाएका थिए । यस्तै, प्रदेशको नाम बागमती राख्ने प्रस्ताव कांग्रेस दलका नेता बानियाँले गर्नुभएको थियो ।

प्रस्तावको नेकपा मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल र साझा पार्टीकी शोभा शाक्यले समर्थन गरेका थिए ।

LIVE TV