२६ पुष २०७६, शनिबार

काठमाडौं,२६ पुष । दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता मन्दे काजी श्रेष्ठ र भारोत्तोलनकी रजत विजेता लक्ष्मी बन सम्मानित भएका छन्।

श्रेष्ठ र बन लाई शिखरदिप बहुउद्देश्यीय सहकारी संंस्थाले आफ्नो बार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो । विजेता खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सहकारीका अध्यक्ष केदारनाथ शर्माले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मानसँगै श्रेष्ठले नगद रु. २५,००० तथा बनले १०,००० प्राप्त गरेका छन् । प्रोत्साहनस्वरुप खेलाडीहरुलाई आगामी दिनमा पनि निरन्तर सम्मामन तथा सहयोग गरिरहने सहकारीका अध्यक्ष शर्माले जानबारी दिए ।

LIVE TV