२६ पुष २०७६, शनिबार

काठमाडौं, २६ पुष । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफ्नो बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न गरिएको बैंकको १२ औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गरेको छ ।

कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम गरिने जानकारी गराइएको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुने बताइएको छ ।

बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लाने र आफ्नो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिबद्ध रहेको जानकारी पनि गराएको छ ।

LIVE TV