२६ पुष २०७६, शनिबार
  • सुशीलबाबु थकाली,

पोखरा, २६ पुष । पोखरा महानगरपालिका २६ कास्कीकोट नजिकै बा३ख ९११३ नम्बरको माइक्रो हाइस र ग७प ६५७४ नम्बरको मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो करीब तीन बजेको समयमा माइक्रो र मोटरसाइकल एक–आपसमा ठोक्किदा मोटरसाइकल चालक सागर नेपाली गम्भीर घाइते भएका हुन् ।

यसै दुर्घटनामा परी सागर नेपालीका साथी नवराज लामिछाने पनि सामान्य घाइते भएका छन् । गम्भीर घाइते नेपालीलाई उपचारका लागि पोखरा पठाइएको सराङ्कोट प्रहरी चौकीका हवल्दार तुलाराम श्रेष्ठले बताउनुभयो ।

हवल्दार श्रेष्ठका अनुसार सागर र नवराज दुवै जना बागलुङ नगरपालिका–१३ पैयुटारका बासिन्दा हुन् । यस दुर्घटनामा मोटरसाइकल पूर्ण रुपमा क्षतविक्षत भएको जनाइएको छ ।

गत वर्ष मात्रै निर्माण गरिएको उक्त सडकखण्डमा लामो दूरीका चारपाङ्ग्रे सवारी साधनलाई निषेध गरिएको हवल्दार श्रेष्ठले बताउनुभयो ।

LIVE TV