२६ पुष २०७६, शनिबार

काठमाडौं, २६ पुष । बलिउड निर्माता तथा अभिनेता अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ र अभिनेत्री तथा निर्मात्री दीपिका पादुकोण फिल्म ‘छपाक’ एकसाथ दर्शकमाझ रिलिजमा आइसकेका छन् ।

शुक्रबारबाट दर्शकमाझ रिलिजमा आए यी दुवै फिल्मको फस्र्ट-डे कलेक्शन पनि सार्वजनिक भइसकेको छ । तुलनात्मक रुपमा यी दुई फिल्मको बक्स अफिस कलेक्शनमा भारी अन्तर देखिएको छ ।

पहिलो दिन अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ले दीपिकाको ‘छपाक’ भन्दा १० करोड बढीको बक्स अफिस कलेक्शन गरेको जनाइएको छ । तुलनात्मक कमाईको हिसाबले दीपिकाको ‘छपाक’ पछि परेको छ ।

बक्स अफिस इन्डियाका अनुसार ‘तानाजी’ले पहिलो दिन १६ करोडको शानदार कमाई गरेको छ । अर्कोतर्फ अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ले ६ करोडको ओपनिङ गरेको छ ।

फिल्मको कुल बजेटको हिसाबले ‘छपाक’को पहिलो दिनको कलेक्शन पनि शानदार नै हो । ‘तानाजी’ र ‘छपाक’ दुवै वास्तविक जीवनमा आधारित फिल्म हो ।

अजय देवगनको ‘तानाजी’ मालसुरेको वास्तविक कहानी हो । त्यस्तै अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ एसिड अट्याक सर्भाइवर लक्ष्मी अग्रवालको वास्तविक जीवनको कहानी हो ।

LIVE TV