२६ पुष २०७६, शनिबार
  • सविन लामिछाने

तनहुँ, २६ पुष । ठेकेदारले समयमा नै काम नसक्दा सरकारलाई २ करोडभन्दा बढीको नोक्सान हुने भएको छ ।

तनहुँको साँगेको पुलबाट व्यास ६ को वडा कार्यालयसम्म १२.३ किलोमिटर सडकमा ओटासिल, कल्भर्ट तथा पक्की नाला बनाउन वल्ड बैंकले ९ करोड ८५ लाख ७५ हजार चार सय रुपैया अनुदान दिएको थियो । उक्त सडकको वटासिल गर्ने जिम्मा पाएकाे वाइपी कन्स्ट्रक्सनले समयमा नै काम नसक्दा वर्ल्ड बैंकको अनुदान रकमको म्याद सकिएको छ ।

अनुदानको म्याद २०७६ माघकाे पहिलो हप्तासम्म रहेको थियो । उक्त कम्पनीले २०७२ माघ ८ गते ठेक्का लिएको थियो भने सक्नुपर्ने म्याद २०७४ वैशाख १६ गते रहेको थियो । तर कम्पनीले विभिन्न कारण देखाई तीनपटक म्याद थप गर्दा पनि काम सम्पन्न गरेकाे छैन । जसकाे कारण सरकारले उक्त सडकको लागि दुई करोड लगानी गर्नुपर्ने पूर्वाधार विकास कार्यालय इकाईको प्रोजेक्ट ईन्जिनियर दिलिप उप्रेतीले बताए ।

कम्पनीले हालसम्म ८७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ भने अनुदानको रकमबाट ७ करोड २० लाख रुपैया खर्च गरेको छ । अहिले चिसोको कारण काम नहुने भन्दै काम रोकेको अवस्था छ । काम समयमा नै नहुँदा सबैभन्दा बढी समस्या बाह्रबिसेदेखि क्रियापानी सडक हुँदै आवत-जावत गर्ने यात्रु मारमा परेका छन् ।

अहिले काम सम्पन्न नभएको ठाँउमा पानी पर्दा हिलम्मे हुने गरेको स्थानीय व्यास ६ का भरतराज भण्डारीले बताए । त्यस्तै बाटोमा राखिएको गिटी बालुवाले गाडी आवतजावतमा समस्या भएको स्थानीय मञ्जु श्रेष्ठले बताए ।

सो कम्पनीले अहिले सम्म समयमा नै काम नसक्दा ८५ लाख ७६ हजार जरिवाना भुक्तानि गरेको छ । काम गर्नको लागि हाल सम्म ३पटक म्याद थपि सके पनि समयमा नै काम गर्न सक्दा सरकारको दुई करोड भन्दा बढी रकम नाेक्सान हुने भएको हाे ।

LIVE TV