२५ पुष २०७६, शुक्रबार

एजेन्सी । मानिसलाई चिया पिउने लत लाग्नु स्वभाविक हो । तर, घोडालाई पनि चियाको लत लाग्छ भन्दा अचम्म नै सक्छ । हो, बेलायत प्रहरीको एक घोडालाई चियाको लत छ ।

बेलायतमा मर्सीसाइड प्रहरीको ज्याक नामक यो घोडालाई चियाको यतिसम्म लत लागेको छ कि चिया पिउन नपाएमा कुनै कामै गर्दैन । हरेक बिहान यो घोडालाई उसको तबेलामै एक कप चिया लगेर खुवाउनु पर्दछ ।

तबमात्र ऊ नियमित कामका लागि बाहिर निस्किन्छ । २० वर्षको ज्याक चियाको पारखी भएको मर्सीसाइड प्रहरीको माउन्ट सेक्सनमा कार्यरत सबै कर्मचारीलाई थाहा छ ।

त्यसैले हरेक बिहान उसलाई चिया पिलाउन कोही पनि भुल्दैन । ज्याकलाई १५ वर्षअघि देखि चियाको लत बसेको हो ।

सवारीका क्रममा ज्याकमा सवार एकजना प्रहरीले आफुले खाएर बँचेको चियाको कप ज्याकको नजिकै राखिदिएछन् । उक्त कपमा बँचेको चिया ज्याकले खाइदियो ।

त्यसरी उसले धेरैपटक चिया चाख्न पाएपछि उसलाई चियाको लत नै लागेको हो । ज्याक एकदुई चम्चा चिनी हालेको दुध चिया पिउन पाए निकै खुसी हुन्छ । ज्याकले चिया पिएको भिडियो सोसल मिडियामा भाइरल बनेकोछ ।

LIVE TV