ईस ६३६ मा लुम्बिनी टेकेका हुएन साङको वृत्तचित्रले लुम्बिनीमा चिनियाँ पर्यटक बढाउने विश्वास (भिडियो)



प्रकाशित मिति : Jan 10, 2020

१. ईस ६३६ मा लुम्बिनी टेकेका हुएन साङको वृत्तचित्रले लुम्बिनीमा चिनियाँ पर्यटक बढाउने विश्वास

हुएन साङ ती यात्री हुन जस्ले लुम्बिनीको प्रचार चीनमा मात्र नभइ विश्वको धेरै कुनाकाप्चामा पु-याए ।

ईस्वी सम्वत ६३६ को डिसेम्बर २५ मा लुम्बिनी पुगेका यी साहसी यात्री साङ लुम्बिनीको प्रचार प्रसार गर्ने पहिलो दूत मात्र बनेनन्, उनले बुद्ध जन्मस्थली लुम्बिनी भएको ठोस प्रमाण पनि विश्व जगतमा पेश गरे ।

चिनियाँ पैदल यात्रीकोरुपमा चिनिएका यिनले बुद्ध जन्मस्थली लुम्बनी र बुद्धसंग सम्बन्धित स्थानहरुको भ्रमण गरेर बुद्ध धर्मसम्बन्धि प्रचारलाई चीनसम्म पु-याए ।

यिनै पैदल यात्रीको साहसिक यात्रालाई समेटेर चिनियाँ निर्देशक चाउ हाईछङले निर्माण गरेको वृत्तचित्र चिनियाँ दूतावासको आयोजनामा लम्बिनीमा प्रदर्शन गरिएको छ ।

यो वृत्तचित्रले लुम्बिनीमा पर्यटक बढाउन र भ्रमण बर्ष २०२० को लक्ष्यलाई एक हदसम्म सहयोग पु-याउने विश्वास गरिएको छ ।

२. सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको स्तरोन्नति तीब्र, लुम्बिनी आउने पर्यटकलाई ढोरपाटन पु-याइने

लुम्बिनी आउने पर्यटकहरुलाई प्रदेश ५ को पहाडी जिल्लामा पनि पु¥याउने उद्देश्यले निर्माण थालिएको हिमाल पहाड तराई जोड्ने सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको स्तरोन्नतिलाई तीब्रता दिइएको छ ।

अन्तर्राष्ट्रियरुपमा नै ख्याति आर्जन गरेको ढोरपाटन शिकार आरक्षलाई समेत लक्षित गरेर निर्माण थालिएको यस सडकको निर्माण सम्पन्न भएपछि भारतीय तथा अन्य मुलुकका पर्यटकहरुलाई ढोरपाटन पुग्न बास्तवमा नै सजिलो हुने विश्वास गरिएको छ ।

प्रचार प्रसारको अभावमा ओझेलमा परिरहेका प्रदेश ५ का पहाडी जिल्लाहरुको पर्यटन विकासमा यो सडक सहायकसिद्ध हुनेछ भने लुम्बिनी घुम्न आउने पर्यटकहरुको नेपाल बसाई लम्ब्याउन समेत सकिने प्रष्ट छ ।

३. विचौलियालाई तह लगाएर तरकारीको वैज्ञानिक मूल्य किसानमा पु¥याउन तीनै तह सक्रिय बन्नु पर्ने

कृषि प्रधान देश मुलुक नेपालका किसानहरु कुन हदसम्म शोषणमा छन् भन्ने उदाहरणहरु धेरै देख्न पाइन्छ । विचौलियाको कारण किसानहरुले परेको श्रमको मूल्य पाउन नसक्दा कृषिमा आत्मनिर्भर बन्ने अभियानमा लागेको मुलुकलाई ठेस लाग्दै आएको छ ।

अहिले तिनै तहका सरकारले तरकारीको वैज्ञानिक मूल्य कायम गरिदिए किसान र देशकै हित हुने उनीहरुको ठहर छ । अहिले विचौलियाको विगविगी बन्दा किसानले परेको मूल्य पाउन सकेका छैनन भने हरेक उपभोक्ताको भान्सा महंगो बन्दै गएको छ ।

अकासिएको तरकारीको मूल्य नियन्त्रणका लागि पनि तीनै तहका सरकारले किसान र उपभोक्ताको हितका लागि अब भने केही गर्न आवश्यक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com