२५ पुष २०७६, शुक्रबार

काठमाडौं, २५ पुष । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल ट्रष्ट र यती समूहले गरेको सम्झौता नै त्रुटिपूर्ण रहेको भन्दै अदालतले शुक्रबार निर्माणाधीन उक्त भवनको काम रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

गत पुष २३ गते अधिवक्ता परिवर्तन राईले यसले राज्यलाई पाँच अर्ब नोक्सान भएको भनी उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता राईको रिट निवेदनउपर सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ ।

मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले ३० वर्षका एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएको छ ।

LIVE TV