२५ पुष २०७६, शुक्रबार
  • देवराज पन्त,

मकवानपुर, २५ पुष । प्रदेश ३ को राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्ने समय भोलि विहान ९ बजेदेखि ११ बजे सम्मको समय तोकिएको छ ।

प्रदेश सभाको आज बसेको वैठकमा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा आआफ्नो धारणा राखेका थिए ।

सदस्यहरुले राखेको धारणा पछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को राजधानी र नामाकरणका लागि प्रस्ताव पेश गर्न भोलि विहान ९ बजे देखि ११ बजे सम्मको समय तोक्नु भएको हो ।

सत्तारुढ दल नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा प्रस्ताव गर्ने भन्दै आज विहान निर्णय गरिसकेको छ ।

प्रदेश ३ मा दुई तिहाई बहुमतका लागि ७४ मत आवश्यकता रहनेमा नेकपाको ८० मत रहेको छ ।

LIVE TV