२५ पुष २०७६, शुक्रबार

काठमाडौं, २५ पुष । बलिउडका सुपरस्टार सलमान खानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । अभिनेता खानले शुक्रबार ट्वीट गर्दै ‘कभी इद कभी दिवाली’ फिल्म निर्माणको घोषणा गरेका हुन् ।

सलमान खानको यसै ट्वीटको कमेन्ट गर्नै बलिउडका अर्का कलाकार तथा प्रोड्युसर कमल आर खानले एक ट्वीट गरेका छन्, जुन पछिल्लो समयमा चर्चामा छ ।

उनले आफ्नो ट्वीटमा सलमान खानले अक्षय कुमारको कपी गरिरहेको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘कुनै समय अक्षय कुमारले सलमान खानको कपी गर्थे । तर, आज उही सलमानले अक्षय कुमारको कपी गरिरहेका छन् ।

उनले त्यस्तो निर्देशकसँग फिल्म गर्दैछन्, जसले २०१९ मा सबै भन्दा झुर फिल्म ‘हाउसफुल–४’ बनाएका थिए ।’ कमल आर खानले यस अगाडि पनि सलमान खानमाथि आलोचना गर्दै आएका थिए ।

कमल खान सोसल मिडियामा निकै एक्टिब रहने कलाकार हुन् । फिल्म ‘देशद्रोही’बाट बलिउडमा करियर सुरु गरेका कमलले टिभी रियलिटी शो ‘बिग बोस–३’मा निकै चर्चा कमाएका थिए ।

पछिल्लो समय उनले सोसल मिडियामा समसामयिक मुद्दाहरुमा आफ्नो विचार ब्यक्त गर्दै आएका छन् ।

LIVE TV