२५ पुष २०७६, शुक्रबार

काठमाडौँ, २५ पुष । विग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानले २ विकेट हात पारेका छन् । अघिल्लो खेलमा विकेट विहीन बनेका सन्दिपले शुक्रबार चार ओभरमा ३९ रन खर्चिएर २ विकेट हात पारेका हुन् ।

छिमेकी टिमविरुद्ध सन्दिप लामिछानेले पहिलो ओभरमा ११ रन दिएका छन् । टिमको नबौ तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै छक्का खान पुगे । त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका उनले चौथो बल डट फाले । त्यसपछि पाँचौ बलमा दुई रन दिएका उनले अन्तिम बलमा एक रन खर्चिए ।

टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा पनि उनले एक रन खर्चिदा तेस्रो बल डट फाले । तर चौथो बलमा सन मार्सले छक्का प्रहार गरे ।

पाँचौ बल डट फालेका सन्दिले अन्तिम बलमा चौका खान पुगे । त्यस्तै मेलबर्न स्टार्सका लागि नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए।

LIVE TV