२५ पुष २०७६, शुक्रबार
  • ज्योति कुमार पन्थी,

गुलरिया, २५ पुष । गुलरिया नगरपालिकाले आगामी माघको अन्तिम सातादेखि सञ्चालन हुने ‘दोस्रो मेयर कप तथा १३ औं राष्ट्रपति रनिङशिल्ड’ प्रतियोगिताको तयारी तीब्र पारेको छ ।

यसै वर्षदेखि प्राविका विद्यार्थीहरुलाई पनि समावेश गर्ने निर्णय भएसँगै प्रतियोगिताको तयारी तीब्र पारिएको गुलरिया नगरपालिकाले जानकारी गराएको छ ।

नगरपालिकाले प्रा.वि., नि.मा.वि. र मा.वि.का सम्पूर्ण विद्यार्थीहरुलाई समावेश गरेर प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नगरपालिका हाताभित्रका करीब ५३ वटा विद्यालयहरुले आफ्नो पोल्टामा उपाधि पार्नका लागि तयारी गरिरहेका गुलरिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सतिश यादवले बताए ।

माघ महिनामा शिक्षा प्रतियोगिता सञ्चालन गर्नका लागि समिति गठन भएसँगै खेलकुदको तयारीमा विद्यार्थीहरु जुटेका नगरपालिका प्रमुख मुक्तिनाथ यादवले बताए ।

उक्त प्रतियोगितामा दौड, लङजम्प, भलिबल, जुडो, कराँतेलगाएत खेलहरु सञ्चालन गरिने बताइएको छ । सञ्चालक समिति संयोजक निर्मल शर्माका अनुसार सो प्रतियोगितामा करीब ५३ वटा विद्यालयहरुले सहभागिता जनाउनेछन् ।

LIVE TV