राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै



प्रकाशित मिति : Jan 10, 2020

काठमाडाैँ, २५ पुष । माघ ९ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिएसँगै अन्तिम नामावली प्रकाशन हुने भएको हो । उम्मेदवारले नाम फिर्ता लिने समय आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएको छ ।

आयोगका अुनसार आजै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ ।

संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com