प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न उप-सभामुख तुम्बाहाङ्फेकाे आग्रह



प्रकाशित मिति : Jan 10, 2020

काठमाडाैँ, २५ पुष । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।

संसद सञ्चालन तथा सभामुखकाे निर्वाचनबारे उपसभामुख तुम्बाहाङ्फेले छलफल गर्नुभएको हो । रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको छ ।

पटकपटक प्रतिनिधिसभाको बैठक स्थगित हुँदा राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले गतिरोध अन्त्य गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भने पनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्नसकेको छैन । पार्टीभित्रै एकमत बनाउन नसक्दा याे अन्याैल कायम भएकाे हाे ।

सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर उपसभामुख तुम्बाहाङ्फे आफैँले पनि सभामुख पदका लागि दावी पेश गर्दै आउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com