२५ पुष २०७६, शुक्रबार

काठमाडौं,२४ पुष । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ ल्याउने भएको छ । गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच बिहीबार भएको सहमति अनुसार ‘पर्खी बसें २’ निर्माण हुने भएको हो ।

चलचित्रमा नीकिता र विनोद सापकोटाकै लगानी रहनेछ भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह(निर्माताको रुपमा रहनेछन् । २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।

फिल्म सांगीतिक प्रेम कथामा आधारित रहने छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो ।

LIVE TV