२५ पुष २०७६, शुक्रबार

काठमाडौँ, २५ पुस । बसले ठक्करबाट एक जनाको ज्यान गएको छ । प्यूठानको स्वर्गद्वारी दर्शनका लागि आएका एक भारतीयको बसको ठक्करबाट ज्यान गएको हो ।

शुक्रबार बिहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका–२ बाइनेटामा भारतको युपी सराबस्ती बस्ने २६ वर्षीय गुरु प्रसाद यादवलाइ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

LIVE TV