२५ पुष २०७६, शुक्रबार

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोङ्गबु नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताउनुभयो ।

LIVE TV