२५ पुष २०७६, शुक्रबार

काठमाडौँ, २५ पुस । सरकारले पश्चिम एसिया क्षेत्रमा उत्पन्न तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस क्षेत्रमा गैरआवासीय नेपाली कामदारको बढी उपस्थिति रहेको जनाउँदै सरकारले त्यहाँका नेपालीको सुरक्षाको विषयमा उच्च प्राथमिकता दिएको जनाएको छ ।

त्यस क्षेत्रमा अवस्थित इरानसँग पछिल्लो समय अमेरिकाको बढ्दो तनावपूर्ण सम्बन्धतर्फ इंगित गर्दै सरकारले त्इसमा सम्बन्धित देशलाई शान्तिपूर्ण उपायबाट तनाव समाधान गर्न आग्रह गरेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

LIVE TV