२५ पुष २०७६, शुक्रबार

एजेन्सी, २५ पुस । बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिकाे मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनल प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनामाथि पुनारगमन जित निकाल्दै एथ्लेटिकाे सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

साउदी अरेबियाको किङ अब्दुल्हा स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा एथ्लेटिकाेले बार्सिलोनामाथि ३-२ गोल अन्तरले जित निकाल्न सफल भयो । बार्सिलाेनाले गरेकाे २ गाेलले मान्यता नपाउँदा एथ्लेटिकाेले खेल जित्याे ।

खेल निकै प्रतिस्पर्धात्मकका साथै घम्साघम्सी र तनावपूर्ण पनि भएको थियो । पहिलो हाफगोलरहित भएको थियो । पाँचै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हफ शुरु भएको एक मिनेटमै एथ्लेटिकाेलो अग्रता लिएको थियो । ४६ औँ मिनेटमा
कोकेले गोल गर्दै एथ्लेटिकाेलाई अग्रता दिलाएका थिए । तर, एथ्लेटिकाेको अग्रता धेरैबेर टिकेन । ५१ औं मिनेटमा बार्सिलोना कप्तान लिओनल मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसको केहीबेरमै मेस्सीले अर्को गोल पनि गरेका थिए । तर भिएआरको प्रयोग गर्दै उक्त गोललाई मान्यता दिएन ।

त्यसपछि झन् आक्रामक बनेको बार्सिलोनाले खेलको ६२औं मिनेटमा दोस्रो गोल हान्यो । एन्टोनी ग्रीजम्यानलले हेडिङमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले लुइस स्वारेजको पासमा गोल गरेको थिए । ग्रीजम्यानले पूर्वक्लबविरुद्ध पहिलो गोल गरेको हो । उनले सेलिब्रेसन पनि गरे।

त्यसकाे केहिबेरमै बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अर्टुरो भिडालको पासमा गोल गरेका थिए । तर, सो गोलले पनि मान्यता पाएन । भिएआरले अफसाइड भन्दै रद्द गर्दा बार्सिलोनाले अग्रता बढाउन पाएन ।

खेलकाे ८१ औं मिनेटमा पेनाल्टी मार्फत अल्भारो मोराटाले गाेल गर्दै खेल २-२ काे बराबरी बनाए । बक्समा बार्सिलोनाका गोलकिपर नेटोले विपक्षी खेलाडीलाई लडाएपछि पाएको एथ्लेटिकाेले पेनाल्टी पाएकाे थियाे ।

त्यससपछि ८६औं मिनेटमा एन्जल कोरेरिया गाेल गरेपछि एथ्लेटिकाेले खेल ३-२ गाेल अन्तरले जित्याे ।

यससँगै एथ्लेटिकाेले अब फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको छ । रियल अघिल्लो दिन भ्यालेन्सियालाई ३–१ ले हराएर फाइनल पुगेको छ ।

LIVE TV