२५ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन दिन जिल्ला सभापतिको भेला चल्यो। संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला डाकेको थियो। पार्टीलाई एकलौटी सञ्चालन गर्न खोजेको आरोप देउवामाथि छ। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश जिल्ला सभापतिले देउवाको आलोचना गरे। देउवामाथि दबाब दिने निर्णयसहित भेला सकियो।

देउवाले भने आफूविरुद्धको मोर्चाबन्दीमा सहभागी जिल्ला सभापतिलाई ‘लन्च मिटिङ’ का लागि घरमै बोलाए। उनीहरू भेलाको निर्णय बोकेर बिहीबार बूढानीलकण्ठ पुगे। धेरैलाई लागेको थियो( सानेपाको चर्काचर्की देउवा निवासमा दोहोरिनेछ। तर, बूढानीलकण्ठको बिहीबारको दृश्य फरक थियो।

तश्वीर: रासस

‘यति धेरै जिल्ला सभापतिको भेला काठमाडौंमा भयो। म पनि आउँथें नि १ तपाईंहरूका कुरा सुन्थें। कसरी अगाडि जाँदा पार्टी बलियो हुन्छ भनेर एकै ठाउँमा बसेर छलफल गर्दा राम्रो हुन्थ्यो। तर, तपार्इंहरूले मलाई किन बोलाउनु भएनरु ’, देउवाले जिल्ला सभापतिहरूसँग प्रश्न गरे।

असन्तुष्ट पक्षको भेलाप्रति देउवा रुष्ट भएको समाचार आए पनि बिहीबार त्यस्तो नपाएको बैठकमा सहभागी कास्की जिल्ला सभापति कृष्ण केसीले बताए। ‘उहाँ खुसी मुडमा देखिनुभयो। सुरुमा आफ्ना कुरा राख्छु अनि तपाईंका कुरा सुन्छु भन्नुभयो’, उनले भने, ‘सुरुमै आफूलाई किन नबोलाएको भनेर प्रश्न पो गर्नुभयो।’

वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइरालालगायतले बोलाएकाले काठमाडौं आएको जवाफ जिल्ला सभापतिले दिएका थिए। ‘सभापतिको कुराले हामीलाई छोयो। उहाँले गम्भीर मुद्रामा ती कुरा राख्दा पार्टी सभापतिलाई खबर नगरेर हामीले गल्ती गरेजस्तो लाग्यो’, केसीले भने, ‘हामीलाई चाहिँ केन्द्रीय कार्यालयमै भएकाले सभापति आउनुहोला भन्ने लागेको थियो भनेर उहाँलाई सुनायौं।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस ११ गते बहुमतबाट पार्टीको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, महाधिवेशनका लागि विधानका कतिपय धारा निलम्बन, विभाग संख्या बढाउनेलगायत निर्णय गरेपछि पौडेल पक्ष रुष्ट थियो। भेलामा जिल्ला सभापतिहरूले बहुमतबाट गरिएको निर्णय नसच्याए केन्द्रीय कार्यसमितिको निर्णय अवज्ञा गर्ने चेतावनी दिएका थिए। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

LIVE TV