२० करोड घुस प्रकरण : दुर्गा प्रसाई र प्रा.डा.गिरी लाइभ, सर्लाहीका अर्का श्याम पर्देशी सञ्जय रौनियार (भिडियो)



प्रकाशित मिति : Jan 09, 2020

काठमाडौं, २४ पुष । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.गिरीले २० करोड घुस मागेकै हुन त ?

काठमाडौं । झापास्थित ‘बी एण्ड सी मेडिकल कलेज’का सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीमाथि घुस मागेको आरोप लगाएका छन् ।

सञ्चालक प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगका उपाध्यक्ष डा.गिरीले ‘बी एण्ड सी कलेज’को सम्बन्धनका लागि मंसिर १५ गते द्वारिका होटलमा २० करोड घुस मागेको आरोप लगाएका हुन् ।

तर, आयोगका उपाध्यक्ष डा.गिरीले घुस मागेको प्रमाण भने सञ्चालक प्रसाईले पेश गर्न सकेका छैनन् । अर्कोतर्फ उपाध्यक्ष डा.गिरीले आफूमाथि विना प्रमाण झुटो आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

उपाध्यक्ष डा.गिरीले सञ्चालक प्रसाईविरुद्ध कानूनी कारवाहीमा जाने बताइरहेका छन् । तर, आज (विहीबार)सम्म छलफलमै रहेको भन्दै कानूनी प्रक्रियामा जान सकेका छैनन् ।

२. नक्कली तमसुख बनाई ठगी गर्ने रौनियारलाई कसले कारवाही गर्ने ?

काठमाडौं । सर्लाहीकी कमला दाहालले आफ्नो घर बनाउनका लागि तत्कालीन नयाँ शक्ति पार्टीका सर्लाही २ (क) का उम्मेद्वार सञ्जयकुमार रौनियारसँग ४ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।

दुई वर्षपछि रौनियारको ऋण फिर्ता गर्न जाँदा ‘३० लाख तिर्न बाँकी छ’ भन्ने सुनेपछि कमला दाहाल छाँगाबाट खसेजस्तै भइन् ।

३० लाख रकम तिर्न नसकेपछि रौनियारले कमला दाहालको १ करोड बराबरको घरजग्गा नै हडपेका छन् । अहिले उनी आफन्तको शरणमा बसेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com