२४ पुष २०७६, बिहीबार
  • सविन लामिछाने

तनहुँ,२४ पुष । दमौली नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडलले अहिलेको सरकारले विकास कसरी गर्ने भन्ने थाहा नभएको बताउनुभएको छ । उहाँले दमौलीमा विहीबार आयोजित सातौँ तनहुँ महोत्सवमा सम्बोधन गदै त्यस्ताे बताउनुभएको हो।

कार्यक्रममा बोल्दै पौडलले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नाराकाे ठूलो लक्ष्य भएपनि देशमा कसरी समृद्ध ल्याउने भन्ने कुरा थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले विकास गर्ने कसरी, के मा प्राथमिकता दिने हो थाहा नै छैन। ‘ नारा मात्र लगाउन जानेको छ, पत्रकारलाई लेख्न बन्द गरेर र जनतालाई बोल्न बन्द गरेर सरकारले कस्तो विकास गर्ला ? उहाँले भन्नुभयाे ।

अहिले सत्ता चलाएको सरकारले ‘समृद्धि नेपाल सुखी नेपाली’ भनिरहने र विकास गर्नुको सट्टो कानून बनाउनतर्फ लाग्ने उहाँले आरोप लगाउनुभयो । त्यस्तै उहाँले प्रधानमन्त्रीले बोलेको कुरा तत्काल व्यवहारमा नआउने गरेको बतानुभयो । तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार ईकाईको सहयोगमा उक्त महोत्सवको आयोजना भएको हो ।

जिल्लाका उत्पादन तथा सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिकस्थलको प्रवद्र्धन गरी पर्यटक भित्र्याउनु नै महोत्सवको अल्पकालीन लक्ष्य भएको आयोजकले जानकारी दिएको छ । महोत्सवको पहिलो दिनमा हास्यकलाकार भिरखुईरे, बबिता बानिया जेरी, नेपाल लोकदोहोरी प्रतिष्ठान तनहुँका अध्यक्ष सिता गुरुङ लगायतल आफनो प्रस्तुत गरेका थिए ।

त्यस्तै महोत्सवको दोस्रो दिनमा चर्चिक गायक दुर्गेश थापा र गायीका कला लम्सालको प्रस्तुती रहने महोत्सवको कलाकार व्यवस्थापनको संयोजक प्रकाश हड्खले जानकारी दिए । महोत्सवका अवसरमा दमौलीको आसपासको ठाँउमा हेलिकप्टरबाट दृश्य अवलोकन गर्न सकिने भएको छ । हेलिकप्टरबाट मानहुँ र काहँशिवपूर दर्शन रुट रहेको छ ।

त्यस्तै छाब्दी, बन्दीपूर, छिम्केश्वरी, थानीमाई, मिलुर्ङकोट, मैवलकोट, तनहुँ सुर हुँदै दमौलीको रुट पनि रहेको छ । जलविहारको प्रचुर सम्भावना रहेको मादीसेती नदीमा जलविहार प्याकेज पनि रहेको छ । महोत्सवमा विभिन्न झाँकी प्रदशर्नी, कृषि औजारको प्रदर्शनी,पर्यटकीय क्षेत्रको प्रचारप्रचार लगायत अन्य धरै स्थानीय सामग्रीको प्रर्दशनी गरिएको थियो ।

LIVE TV