२४ पुष २०७६, बिहीबार

काठमाडौं,२४ पुष । अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक गरेको छ । फिल्मको गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको हो ।

‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीतमा पूजा र पलको फिर्चड रहेको छ । यो भन्दा अगाडि फिल्मको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिक भएको थियो । फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने देभल भण्डारीको शब्द रहेको छ ।

सुदर्शन थापाले निर्देशन गरेका फिल्म ‘म यस्तो गीत गाउँछु २’मा निर्देशक थापा र अभिनेत्री पूजाको लगानी रहेको छ । सौरभ लामाले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्ममा पल र पूजासंगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकया लगायतले अभिनय गरेका छन् । फिल्म फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ ।

LIVE TV