२४ पुष २०७६, बिहीबार

काठमाडौं, पुस २४ । काठमाडौंको धापासीस्थित द स्काइलार्क इङ्ग्लिस स्कुल अगाडि राखिएको शंकास्पद वस्तु बम नभई फोहरको पोका भएको भेटिएको छ ।

बम हुनसक्ने आशंकामा स्थानीयले खवर गरेपछि बिहान १० बजे प्रहरीसहित सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । सेना र प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिई करिव डेढ घण्टा लगाएर शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा उक्त बस्तु बम नभई स्थानीयले राखेको फोहरको पोको भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जानकारी दिएको छ ।

बमको आशंकामा धापासी बसुन्धरा मार्गमा सुरक्षाका लागि २ घण्टा सवारी आवागमन बन्द गरिएकोमा हाल सो सडकमा यातायातका साधन सुचारु भएको छ ।

LIVE TV