२४ पुष २०७६, बिहीबार

राजविराज । विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट नियन्त्रणमा लिएको छ ।

समातिनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन् । सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

समातिएका परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका थिए । आफ्नै गाउँघरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुबै जनालाई बुधबार नियन्त्रणमा लिई जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

LIVE TV