राजकुमार ह्यारी र पत्नी मेगानले गरे राजपरिवारको ‘वरिष्ठ सदस्य’ पद त्याग्ने घोषणा



प्रकाशित मिति : Jan 09, 2020

एजेन्सी, २४ पुष । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगानले राजपरिवारको वरिष्ठ सदस्य पद त्याग्ने घोषणा गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूहरु राज परिवारको वरिष्ठ सदस्य पदमा रहन नचाहेको र आर्थिक एवम् सामाजिक रुपमा स्वतन्त्र हुन चाहेको उल्लेख गरेका छन् ।

उनीहरुले बेलायत तथा उत्तर अमेरिकामा आफ्नो बाँकी जीवन बिताउन चाहेको उल्लेख गरेका छन् । बीबीसीका अनुसार कुनै पनि सल्लाह नगरी ह्यारी दम्पतीले सार्वजनिक गरेको यो विज्ञप्तीले शाही परिवार आश्चर्य चकित भएको छ ।

शाही परिवारका वरिष्ठ सदस्यहरु राजकुमार ह्यारी दम्पत्तीको निर्णयबाट निराश भएका छन् । गत अक्टोबरमा राजकुमार दम्पतीले आफ्नो जीवन त्यति धेरै खुसी र स्वतन्त्र नरहेको बताएको थियो ।

गएराति अप्रत्याशित रुपमा इन्स्टाग्राम पेजमा ह्यारी दम्पत्तिले सार्वजनिक गरेको वक्तव्यमा आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुन चाहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com