२४ पुष २०७६, बिहीबार
  • सवीन लामिछाने

तनहुँ । अत्याधिक चिसो बढेपछि सिन्धुमार्गको निर्माणाधिन सडक वटासिलको काम रोकिएको छ । काम रोकिँदा सबैभन्दा बढी समस्या बाह्रबिसे देखि क्रियापानी सडक हुँदै आवत जावत गर्ने यात्रु मारमा परेको छन् ।

उक्त सडकको वटासिल गर्ने जिम्मा वाइपी कन्स्ट्रक्सनले पाएको थियो । साँगे पुलबाट व्यास ६ को वडा कार्यालयसम्म १२.३ किलोमिटर सडकमा ओटासिल, कल्भर्ट तथा पक्की नाला बनाउन नौ करोड ८५ लाखमा ठेक्का लिएको थियो ।

कन्स्ट्रक्सनल पूर्वाधार विकास कार्यालय इकाईका प्रमुख लक्ष्मी प्रसाद भण्डारीका अनुसार पुस महिनाको दोस्रो हप्ता देखि वटासिल निर्माणको काम रोकिएको हो । माघमा पनि पिचको काम हुदैँन, ‘पिच गर्नका कम्तीमा १० डिग्रीको तापक्रमको आवश्यकता रहने भए पनि हाल चिसोमा समस्या हु भन्दै फागुनाट मात्रै पिच सुरु गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, अहिले पिच गर्दा वटासिल काम गर्दैन । ‘सडकमा खन्याउन नपाउँदै कालोपत्रे जम्छ,’ त्यसैले पनि, ‘यस्तो अवस्थामा पिच गर्दा सडक टिकाउ हुँदैन ।’

हालसम्म ७५ प्रतिशत मात्र काम सम्पन्नः
तोकिएको समयमा काम नसक्दा वल्ड बैंकले दिने रकम समेत नपाउने जोखिम बढ्न सक्छ । वल्ड बैंकबाट हुने भुक्तानी नआउने भएपछि ग्रामिण पूर्वधारबाट भए पनि सडक निर्माण सम्पन्न गर्ने कन्स्ट्रक्सन प्रमुख भण्डारीले जनाउनु भयो । उहाँले भन्नुभयो, हालसम्म ७५ प्रतिशत काम सकिएको छ, हिलो र चिसोका कारण काम पिच कार्य अवरुद्ध भयो ।

अहिले काम सम्पन्न नभएको ठाँउमा पानी पर्दा हिलम्मे हुने गरेको छ, स्थानीय व्यास ६ का भरतराज भण्डारीले भन्नुभयो । उहाँले भन्नुभयो, ‘वटासिल गर्दा गर्दा छोडेपछि गाँउमा गाडी जान समेत समस्या भएको छ । बाटोमा राखिएको गिटी बालुवाले गाडी आवतजावतमा समस्या भएको छ, स्थानीय मञ्जु श्रेष्ठले भन्नुभयो । सो कम्पनीले काम गर्नको लागि हाल सम्म ६ पटक म्याद थपि सकेपनि समयमा नै काम गर्न सकेको छैन ।

LIVE TV