अब सामाजिक सञ्जालमा कसैलाई जिस्काए १५ लाख जरिवाना र ५ वर्ष जेल सजाय ! सांसदले दिए ज्यान मार्ने धम्की (भिडियो)



प्रकाशित मिति : Jan 07, 2020

काठमाडौं, २२ पुष । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. सीधाकुरा प्रभाव : सुत्केरी चमेलीलाई जुट्यो सहयोग

उदयपुर, २२ पुष । चरम गरिबीका कारण सुत्केरी अवस्थामा पनि कष्टकर जीवन–यापन गरिरहेकी उदयपुर कटारी–५ की चमेली तामाङले औषधि, विस्तारा, न्यानो कपडा, खाद्यान्न–भाँडाकुँडा र नगद सहयोग पाएकी छिन् ।

चमेलीको दयनीय अवस्थाको विषयमा कार्यक्रमको गत एपिसोडमा हामीले रिपोर्ट पसारण गरेसँगै कटारी नगरपालिकाका तर्फबाट उप–मेयर भीमकुरमारी राउतले २५ हजार आर्थिक सहयोग गरेकी छिन् ।

त्यस्तै मुुक्तिनाथ विकास बैंकको कटारी शाखाले उनलाई पलङ, ओढ्ने–ओछ्याउने कपडा सहयोग गरेको छ । यता नेपाल रेडक्रस सोसाइटी उप–शाखा उदयपुरले पाल र भाँडाकुँडा सेट सहयोग गरेको छ ।

२. कर्मचारीलाई प्रदेश सांसदले ज्यान मार्ने धम्की दिएपछि…

सर्लाही, २२ पुष । प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महत्तोलाई ज्यान मार्ने धम्की दिएका छन् ।

सांसद यादवले अधिकृत महतोलाई फोन गर्दै हातखुट्टा भाँचिदिने र ज्यान मार्ने धम्की दिएको अडियोसमेत सार्वजनिक भएको छ ।

जहाँ उनले आफूले भनेको नमाने जीवनमा नसोचेको दुर्घटना हुने भन्दै यादवले कडा चेतावनी दिएका थिए । नगरपालिकाको योजना बाँडफाँट, बजेट विनियोजन, नगरसभा, हरहिसाबको विषयलाई लिएर प्रदेशसभा सदस्य यादवले अधिकृत महतोलाई ज्यान मार्नेे धम्की दिएका हुन् ।

३. सामाजिक परिचालिकामाथि गाउँपालिकाले नै अन्याय गरेपछि…

भोजपुर, २२ पुष । भोजपुरकी मुनादेवी घिमिरे पेसाले सामाजिक परिचालिका हुन् । अहिले घिमिरेमाथि गाउँपालिकाकै केही व्यत्तिहरुले अन्यायमा पारेका छन् ।

पौवादुङ्मा गाउँपालिका वडा नम्बर ४ बाट परिचालिकाको रुपमा काम गर्दै आएकी घिमिरेले गाउँपालिकाबाट पाउनुपर्ने प्रोत्साहन भत्ता पाएकी छैनन् । उनले विगत डेढ वर्षदेखि गाउँपालिका धाउँदा उल्टै विभिन्न मानसिक यातना भोग्नु परेको छ ।

भोजपुरको पौवादुङ्मा गाउँपालिका–४ की मुनादेवी घिमिरे वि.सं.२०५७ सालदेखि सामाजिक परिचालिकाका रुपमा तत्कालीन बस्तीमा गाउँ विकास समितिमा कार्यरत थिइन् ।

४. सरकारी जग्गा विक्रीमा भन्दै ठगी !

काठमाडौं, २२ पुष । बाराका विपतसिंह मोक्तान र ज्ञाञ्जन लामाले सरकारी जग्गा आफ्नो गरिदिन्छु भन्दै कयौं ब्यक्तिलाई ठगी गरेका छन् ।

मोक्तान र लामाले पर्साको जितपुरदेखि ३० किलोमिटर भित्र रंगपुर नजिकैको मुसहर बस्तीमा २ सय विघा सरकारी जग्गालाई व्यत्तिका नाममा गरिदिने भन्दै ठगी गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com