२२ पुष २०७६, मंगलवार

काठमाडौं, २२ पुष । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीलाई फर्काइएको छ ।

मध्यपूर्वी क्षेत्रमा बढ्दो युद्धको तनावलाई लिएर अधिकांश देशले आफ्ना नागरिक फिर्ता बोलाइरहँदा नेपाली श्रमिक पनि क्याम्पबाट फर्काइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली फर्काइएको पुष्टि गरेको छ । यस्तै, इराकमा रहेका नेपालीबारे सूचना लिन गठन गरिएको संयन्त्रले सूचना संकलन गरिएको दावी मन्त्रालयको छ ।

यस्तै, मन्त्री रामेश्वर राय यादवले युद्धग्रस्त क्षेत्रमा कार्यरत श्रमिकको उद्धार कसरी गर्ने भन्ने विषय छिटै निर्णय लिने बताउनुभएको छ ।

मध्यपूर्वको अवस्था बुझ्नका लागि गठन गरिएको परराष्ट्र सचिबस्तरीय टोलीले छिट्टै नेपालीको उद्धार गर्ने दावी गर्दै हाल संयम अपनाउन मन्त्री यादवको आग्रह थियो ।

यस्तै, मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको छ । साथै, दूतावासको सम्पर्कमा रहन नेपाली श्रमिकलाई समेत आग्रह गरिएको छ ।

LIVE TV