२२ पुष २०७६, मंगलवार

काठमाडौं,२२ पुष । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा एकजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई आज बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले मोटसाइकल चमतीबाट डो¥याएर ल्याएको अवस्थामा फेला पारेको हो ।

LIVE TV