२२ पुष २०७६, मंगलवार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २२ पुस । कपिलवस्तु नगरपालिका– ९ चम्कीपुरस्थित एक फुसकाे घरमा सोमबार मध्यरातमा आगलागी हुँदा ढाई लाखबढीको क्षति भएको छ ।

स्थनीय दुर्गा बहादुर खत्रीको घरनजिकै रहेको बिद्युत ट्रान्सफर्मर सर्ट भई स्पार्किङबाट निस्किएको आगाको झिल्कोले आगलागी भएको हो ।

आगलागीबाट क्षतिकाे प्रारम्भिक विवरण अनुसार साे घरमा रहेको अन्नपात, काठ, फर्निचर लत्ता कपडा सबै नष्ट भएकाे अस्थायी प्रहरी चौकी जहदीले जानकारी दियाे ।

आगलागीमा परी पक्षघातले थला परेका ६६ वर्षे खत्री घाइते भएको वडाअध्यक्ष शिव बहादुर बाग्लेले बताए । उनको बायाँ खुट्टा जलेको छ । यस्तै ३ बाख्रा जलेर मरेका छन । दुई वटा भैसीका पाडा समेत जलेर गम्भीर घाईते भएका छन् ।

घाइते खत्रीका छोरा किशोरले बुवालाई जेनतेन बचाए पनि घर भने जलेर नष्ट भएको बताए ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

भारतीयकाे सहयाेग

यसैबीच, जगदशीपुर ताल घुम्न आएका एक भारतीय नागरिकले पीडित परिवारलाई वडा अध्यक्ष वाग्लेको रोहवरमा रू १० हजार नगद प्रदान गरे ।

भारतको गोरखपुरको बैजलपुरका दिनेश कुमार शुक्लले पीडित परिवारलाई रू १० हजार दिएका थिए । साे रकमले पीडित परिवारलाइ केही भए पनि राहत मिल्ने उनले विश्ववस व्यक्त गरे ।

उता वडा अध्यक्ष वाग्लले पनि वडाको तर्फबाट निर्णय गराएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LIVE TV